१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

भ्रष्टाचार हेर्ने विशेष अदालतको नेतृत्वमा बासुदेव आचार्य सिफारिस

विशेष अदालतको अध्यक्ष परिवर्तन हुने भएको छ। न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

परिषद्ले हाल सर्वोच्च अदालतमा काजमा रहेका न्यायाधीश आचार्यलाई तुलसीपुर उच्च अदालतमा सरुवा गर्ने र त्यसपछि विशेष अदालतको अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी प्रक्रिया अघि बढाएको जनाएको छ।

यस्तै, हाल विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गर्न पनि परिषद्ले सिफारिस गरेको छ।

भट्ट उच्च अदालत जनकपुरको दरबन्दीमा रहे पनि काजमा विशेष अदालतको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए। परिषद्को निर्णयसँगै विशेष अदालतको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

प्रकाशित: ३२ असार २०८३ १८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App