२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

युरो–६ मापदण्ड नभएका सवारी साधन आयातमा प्रतिबन्ध

युरो–६ मापदण्ड नभएका सवारी साधन आयातमा प्रतिबन्ध लगाइएको छ ।  

नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र गर्दै युरो ६ मापदण्डभित्र पर्ने सवारी साधनमात्रै आयात गर्न भनेको हो । राष्ट्र बैंकको परिपत्रमा भनिएको छ,  ‘रिकण्डिसन, प्रयोग भइसकेको वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने सवारी वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न पाइने छैन ।’  

यद्यपि यो मापदण्ड निर्माण उपकरण र रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारीमा लागु नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।  

युरो-६ मापदण्डभित्र पर्ने सवारी साधनले कम धुवाँ फाल्छन् भने इन्धन खपत पनि कम हुन्छ ।  

नेपाली सवारी साधन प्रदूषण मापदण्ड वन तथा वातावरण मन्त्रालयले गत असार ९ गते राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको थियो । 

प्रकाशित: २२ श्रावण २०८२ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App