६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बालेनलक्षित हर्कको कटाक्ष : विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले फेरि एक पटक काठमाडौंका मेयर बालेन शाहलक्षित कटाक्ष गरेका छन‍्।

उनले विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै भएको बताउँदै कटाक्ष गरेका हुन्। हर्कले देशको अवस्था खरानी बनाएर एम्बुलेन्स र छात्रवृत्तिका कुरा गरेर मोड्न खोजेको आरोप समेत लगाए। 

'विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो!' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नैडाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर!'

प्रकाशित: ९ आश्विन २०८२ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App