१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

बागलुङ कालिका मन्दिरको पाँच लाख ५५ हजार भेटी बाढीपीडितलाई

बागलुङ कालिका भगवती मन्दिरले पाँच लाख ५५ हजार भेटी सङ्कलन भएको रकम भोटेकोशी बाढीपीडितलाई सहयोग गरेको छ।

कालिका भगवती गुठी व्यवस्थापन समितिको आज बसेको बैठकले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि मन्दिरको भेटीबापत सङ्कलित रकमबाट सहयोग गर्ने निर्णय गरेको समितिका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए।

बाढीपीडितको उद्धार र राहतमा मन्दिरमा सङ्कलन भएको भेटीको रकमबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सहयोग गर्ने निर्णयअनुसार कोषमा रकम जम्मा गरिने उनले बताए।

कालिका भगवती मन्दिर गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठमध्येको प्रमुख हो। मन्दिरमा वार्षिक रूपमा १० लाख भक्तजन आउने र करोडौं भेटी सङ्कलन हुँदै आएको छ।

विसं १५९१ मा स्थापना भएको यो मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ।

प्रकाशित: १६ भाद्र २०८३ २१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App