३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

भरतपुर महानगरपालिका तोडफोडको प्रयास,झडपमा ६ जना घाइते

चितवनको भरतपुर कहिबेर तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेन-जीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला  प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।  

महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुपरेको उनले बताए । झडपका क्रममा छ  जना घाइते भएको उनले बताए । अश्रुग्याँस प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेको उनले बताए । प्रदर्शनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनमा केही घाइते भएका छन् । प्रदर्शनकारीले महानगरपालिका कार्यालयभित्र तोडफोड गर्न खोजेपछि दुई पक्षका बिचमा झडप समेत भएको थियो । अहिले ठूलो संख्यामा महानगरपालिका अगाडि प्रहरी परिचालन गरिएको छ ।

बिहानसम्म शान्त रहेको भरतपुरमा केही प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा प्रदर्शन गरेर फर्किएका थिए। दिउँसो साढे १ बजेपछि प्रदर्शनकारीहरू महानगरपालिका अगाडि जम्मा भएर प्रदर्शन थालेका हुन् । अहिले पानी परेपछि प्रदर्शनकारी तितरबितर भएका छन् ।  

प्रकाशित: २३ भाद्र २०८२ १७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App