२९ मंसिर २०८२ सोमबार
image/svg+xml
समाज

सेनाको चेतावनी : लुटपाट नरोकिए १० बजेदेखि ‘एक्सन’मा आउँछौँ

नेपाली सेनाले हालको विषम परिस्थितिको फाइदा उठाएर सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा क्षति, लुटपाट र आगजनी भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि रोक्न पुन: आग्रह गरेको छ।  

नेपाली सेना, रक्षा मन्त्रालयअन्तर्गत जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको पत्रमा भनिएको छ, ‘हालको परिस्थितिमा केही समूहले सर्वसाधारण र सार्वजनिक सम्पत्तिमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट र आगजनी गर्ने कार्य गरिरहेका छन्। यस्ता गतिविधि नगर्न/नगराउन नेपाली सेना पुन: आग्रह गर्दछ।’  

पत्रमा थप उल्लेख छ, ‘यदि यस्ता गतिविधि नरोकिएमा नेपाली सेना र अन्य सुरक्षा निकायले स्थिति नियन्त्रण गर्न मिति २०८२ भदौ २४ राति १० बजेबाट दृढ प्रतिबद्धताका साथ काम गर्नेछ। यसका लागि सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको अपिल समेत गर्दछौं।’  

सुरक्षा स्थिति पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गर्ने नेपाली सेनाले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८२ २१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App