९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

उद्धारमा सेना, खोलामा बेपत्ता व्यक्ति मृत अवस्थामा फेला

नेपाली सेनाको टोलीले खोलामा बेपत्ता व्यक्तिलाई मृत अवस्थामा फेला पारेको छ । बुधबार संखुवासभाको मकालु बरुण गाउँपालिका-३ स्थित कसुवा खोलामा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका व्यक्ति मृत फेला परेका हुन् ।  

उनको परिचय खुलाइएको छैन । स्थानीय ४५ वर्षका पुरुष खोलाा बगेर बेपत्ता भएपछि खोज तथा उद्धार गर्न संखुवासभास्थित नेपाली सेनाको रणदल गुल्मबाट फौज खटिएको थियो ।  

उद्धारमा खटिएको टोलीले बिहीबार बेपत्ता व्यक्तिलाई मृत अवस्थामा फेला पारी स्थानीय प्रहरीलाई बुझाएको छ । 

प्रकाशित: १२ भाद्र २०८२ १६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App