१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

प्रधानसेनापति थाईल्यान्ड जाँदै

प्रधान सेनापति अशोक राज सिग्देल थाइल्याण्ड जाने भएका छन् । 

शाही थाइ सशस्त्र बलसँगको सहकार्यमा अमेरिकी सेनाको इण्डो प्यासिफिक कमाण्डले थाइल्याण्डमा आयोजना गर्न लागेको रक्षा प्रमुख सम्मेलनमा सहभागी हुन सिग्देल थाइल्याण्ड जान लागेका हुन् ।  

सेनापति सिग्देल सोमबार थाइल्याण्ड प्रस्थान गर्ने तालिका रहेको नेपाली सेनाले जनाएको छ ।  

२०५६ सालदेखि वार्षिक रुपमा सञ्चालन हुँदै आएको यो सम्मेलनमा नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ । सम्मेलनमा सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयहरूमा छलफल हुनेछ ।  

यो कार्यक्रमले सहभागी राष्ट्रहरूका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध विस्तार भइ सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिमा  सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाको छ ।  

प्रधान सेनापति सिग्देललाई थाइल्यान्ड प्रस्थान गर्नुअघि आज नेपाली सेनाको एक टुकडीले जङ्गी अड्डामा सम्मान गारत अर्पण गरेको छ ।  

सिग्देल थाइल्याण्ड भ्रमणमा रहँदा बलाधिकृत रथी निर्मल कुमार थापालाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी दिइएको छ।

प्रकाशित: ८ भाद्र २०८२ २०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App