११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि उनीहरूको स्वास्थ्य उपचारका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ।

आज बिहानैदेखि सशस्त्रको टोलीले मुक्तिनाथ मन्दिर प्रवेशद्वारमा स्वास्थ्य शिविर सञ्चालन गरी झन्डै दुई सय ५० जनाको स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ३३ गुल्मको टोली खटिएको थियो। त्यस क्षेत्रमा हिमपात भएको र एक्कासि चिसो बढेकाले धैरै पर्यटकमा टाउको दुख्ने, वाकवाकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएको छ। उनीहरूको समस्या पहिचान गरी सामान्य प्राथमिक उपचार समेत गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने बाटो र मन्दिर परिसरको हिउँ पन्छाएर पर्यटकलाई सहजीकरण गरेको छ। हिउँ पन्छाउन आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली परिचालित भएका छन्। बाटोमा जमेको हिउँ पन्छाएपछि मुक्तिनाथ दर्शनमा सहजता भएको जनाइएको छ।

प्रकाशित: १२ कार्तिक २०८२ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App