११ माघ २०८२ आइतबार
image/svg+xml
समाज

खुल्यो अरनिको राजमार्ग

गत भदौ ८ गतेदेखि बन्द भएको अरनिको (कोदारी) राजमार्ग सोमबारदेखि खुलेको छ । सडक डिभिजन कार्यालय दोलखाका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सोमबारै एक महिनादेखि अड्किएका मालबाहक सवारी साधानहरू कोदारी राजमार्ग हुँदै काठमाडौं भित्रिन सुरु गरेका छन ।  

अरनिको राजमार्ग खुलाउन सोमबार भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशीलगायतका उच्च कर्मचारी अरनिको राजमार्ग पुगेका थिए । उनीहरूले पहिरो गएको ठाउँमा निरीक्षण गरेका थिए । यसअघि अरिनको राजमार्ग खुलाउने विषयमा सोमबार र आइतबार मन्त्री घिसिङको नेतृत्वमा मन्त्रालयमा छलफल भएको थियो ।

‘अहिलेसम्म करिब ६० वटा जति मालबाहक गाडी  भित्रिसके’ भण्डारीले भने, ‘तातोपानी नाका पहिले नै सुचारु भएको थियो तर अरनिको राजमार्ग अबरुद्ध हुँदा तातोपानी नाका हुँदै स्वदेश फर्कन लागेका गाडी बाटोमै अडकिएका थिए । त्यसैले तातोपानी नाका सुनसान झै थियो ।’

मालबाहक सवारी साधान लामो समयसम्म बाटोमै रोकिएपछि दशैंका मुखमा व्यवसायीहरू मर्कामा परेका थिए । अरनिको  राजमार्ग भदौ ४ गतेदेखि नै अबरुद्ध भएको थियो ।  भदौ ४ पछि  एक पटक खुल्यो । तर भदौ ८ गतेपछि फेरि अबरुद्ध भयो । त्यो अबरुद्ध सोमबारसम्म निरन्तर  रह्यो । सडक विभागका कर्मचारीहरूका अनुसार  अबरुद्ध भएको सडक तत्कालै  खुलाउन अनवरत प्रयास भएको थियो । तर पनि हरेक दिन भारी वर्षा,  सडक माथिबाट निरन्तर ढुंगासहितको लेदो र पहिरो बगिरहने, ठुलो स्केलको पहिरो जाने तथा  तल भोटेकोशी नदीले माटो काटेकाले लामो समयसम्म अबरोध हटाउन सकिएको थिएन । पहिरो माथि केही घरहरुमा क्षति भई बस्ती नै जोखिममा पर्दा स्थानीय बासिन्दाको अवरोध लगायतका कारणले पनि अस्थायी रुपमा सडक सुचारु गर्न समस्या उ्रत्पन्न भएको सडक विभागका कर्मचारीहरू बताउछन ।

No description available.

गत असोज २ गते राति त्यस ठाउँमा आएको ठूलो वर्षाले अरु समस्या थियो   । डिभिजन प्रमुख भण्डारीका अनुसार अरनिको राजमार्गमा ५ ठाउँमा पहिरो गएको थियो । डाकलाङमा ३ ठाउँमा, घट्टे खोलामा २ ठाउँमा, तथा इकोभिरमा एक ठाउँमा पहिरो गएको थियो । ‘अब पाच वटै ठाउँमा पहिरो हटाउन सफल भएका छौँ’ उनले भने । सरोकारबाला व्यक्ति, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ लगायतका निकायबाट  निरन्तर सहयोग र समन्वयमा सडक डिभिजन चरिकोटले अरनिको राजमार्गमा गएको पहिरो हटाउन सफल भएको विभागका महानिर्देश डा. जैशीको सचिवालयले जनाएको छ ।  

सचिवालयका अनुसार पहिरो गएको ठाउँमा हाल पुरै प्लास्टिकले ढाकेर पहिरोभित्र रहेको पानी निकाल्न प्रयास भइरहेको छ । ग्याबियनको टेवा पर्खाल तथा बाँस बाँधेर माटो अड्याउने काम भइरहेको छ । सचिवालयका अनुसार यसको स्थायी सामधान गर्न  आगामि कात्तिक मंसिर महिनासम्म टेण्डर आब्हान गरिनेछ। आगामी असार महिनासम्म पहिरो गएको ठाउँमा स्थायी सामधान हुनेछ ।

प्रकाशित: ६ आश्विन २०८२ २०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App