२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। इच्छाकामना गाउँपालिका–१ कुलबाङगका दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार नमुनाको जेठ १ गते मृत्यु भएको हो भने सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।

 वैशाख २९ गते श्यामबहादुर चेपाङको पाँच जना परिवारले जङ्गली च्याउ खाएका थिए। जसमध्ये तीन जना जेठ १ गते बिरामी परी उपचारका लागि भरतपुर अस्पताल ल्याइएको हो।

उपचारका क्रममा नमुनाको सोही दिन मृत्यु भएको थियो। १३ वर्षीया मनिता चेपाङको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ। बिरामी मनिताको अवस्था गम्भीर रहेको उनले बताए।

प्रकाशित: ३ जेष्ठ २०८३ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App