२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

बर्दिबासमा बस दुर्घटना : दुई जनाको मृत्यु, ४० बढी घाइते

बर्दिबास नगरपालिका-११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४६४ नम्बरको यात्रुवाहक बस आज बिहान खयरमाराकाे लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा पैदलयात्री बर्दिबास-१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर-१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले बताए।

दुर्घनामा ४० जनाभन्दा बढी घाइते भएका छन् र सबैको बर्दिवासस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।  

प्रकाशित: १७ आश्विन २०८२ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App