४ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

एन्फा कोषाध्यक्ष र लेखापाल थप ४ दिन हिरासतमै रहने

जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो।

पक्राउपछि दुवैलाई अदालतमा उपस्थित गराइएको थियो। अनुसन्धानका लागि थप समय आवश्यक रहेको भन्दै सीआईबीले हिरासत अवधि बढाउन अनुमति मागेको थियो।

अदालतको अनुमतिसँगै सीआईबीले दुवै जनामाथि थप चार दिन अनुसन्धान अघि बढाउने भएको छ। अनुसन्धानका क्रममा के विषयमा केन्द्रित भएर सोधपुछ भइरहेको छ भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

प्रकाशित: ४ आश्विन २०८३ १८:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App