२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि अर्घाखाँचीमा सबै तयारी पूरा भएको छ ।

जिल्ला सदरमुकाम सन्धिखर्कबाट मतपत्र, मतपेटिका छापलगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी अर्घाखाँचीका १०२ वटै मतदान स्थलमा पुगिसकेका जिल्ला निर्वाचन कार्यालय प्रमुख बुद्धी प्रकाश पौडेलले जानकारी दिए।

यस्तै, मतदानस्थलमा पुगेर सूचना टाँस गर्ने, मतदानस्थल वरपर राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका सामग्रीहरू हटाउन लगाउने, दलहरूसँगको बैठक तथा निर्वाचन आचारसंहिताको अनुगमन गर्नेलगायत निर्वाचनसम्बन्धी कामहरू सकिएको मतदान अधिकृतहरुले जनाएका छन्।

जिल्लामा दुई सय ११ मतदान अधिकृत, दुई सय ११ सहायक मतादन अधिकृतसहित एक हजार ४८५ जना निर्वाचन कर्मचारी खटिएका छन्।  

एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा एक स्वतन्त्र महिलासहित १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।  

मतगणनाको लागि जिल्ला अदालत भवनमा मतगणनास्थल तयार गरिएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिए।

जिल्लामा कुल एक लाख ७१ हजार ६५२ मतदाता छन् भने मतदानका लागि १०२ वटा मतदानस्थलमा २ सय ९ वटा मतदान केन्द्र कायम गरिएको छ भने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालयमा दुई अस्थायी मतदान केन्द्र तोकिएको छ ।

प्रकाशित: २० फाल्गुन २०८२ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App