स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा ‘कृषि तथा पोषण मेला’ आयोजना भएको छ।
राष्ट्रिय कृषक समूह महासङ्घअन्तर्गतको पोषण परियोजनाले बिहीबार स्थानीय पालिकासँगको समन्वयमा मेला आयोजना गरेको हो।
प्रमुख अतिथि मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ताले मेलाको उद्घाटन गर्दै कृषकहरूलाई पोषणयुक्त र अर्गानिक कृषि उत्पादनमा लाग्न अनुरोध गरेका थिए।
मेलामा स्थानीय ३१ कृषक समूहका उत्पादन समावेश थिए। मेला स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने र समुदायमा पोषणको महत्वबारे जानकारी गराउन आयोजना गरिएको हो।
प्रकाशित: २५ वैशाख २०८३ १०:०५ शुक्रबार





