काठमाडौं थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। उनलाई प्रहरीले अस्पताल लगेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले नदी किनारमा रहेका अव्यवस्थित घर टहरा हटाउन निर्देशन दिएसँगै सुकुम्वासी बस्ती हटाउन तीव्रता दिइएको छ।
सोही क्रममा शुक्रबार काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रमा रहेका घरटहरा हटाइएको छ।
प्रकाशित: १८ वैशाख २०८३ १९:१४ शुक्रबार





