२९ असार २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

‘जुरासिक पार्क’ का अभिनेता साम नीलको निधन

हलिउड फिल्म ‘जुरासिक पार्क’ का चर्चित अभिनेता साम नीलको सोमबार ७८ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै निधनको पुष्टि गरेका हुन्।

परिवारका अनुसार नीलको अचानक निधन भएको हो। यद्यपि, उनी केही वर्षअघि लागेको दुर्लभ रक्त क्यान्सरबाट पूर्ण रूपमा निको भइसकेका थिए। सन् २०२३ मा उनले आफूलाई एन्जियोइम्युनोब्लास्टिक टी–सेल लिम्फोमा नामक दुर्लभ रक्त क्यान्सर भएको सार्वजनिक गरेका थिए। उपचारपछि उनी क्यान्सरमुक्त भएका थिए। हालसम्म परिवारले उनको निधनको आधिकारिक कारण सार्वजनिक गरेको छैन।

नीलको पूरा नाम नाइजेल जोन डर्मोट स्याम नील हो। उनको जन्म १४ सेप्टेम्बर १९४७ मा उत्तरी आयरल्यान्डको ओमाघमा भएको थियो। बाल्यकालमै उनको परिवार न्युजिल्यान्ड बसाइँ सरेपछि त्यहीँ उनको हुर्काइ र शिक्षा भएको थियो।

उनले सन् १९७० को दशकबाट अभिनय यात्रा सुरु गरेका थिए। सन् १९७७ को स्लिपिङ डग्सु चलचित्रबाट उनले पहिलो ठूलो सफलता पाए भने माइ ब्रिलियन्ट करियरु ९१९७९० ले उनलाई अन्तर्राष्ट्रिय रूपमा चिनायो। त्यसपछि हलिउडमा उनले आफ्नै अलग पहिचान बनाउन सफल भए।

सन् १९९३ मा प्रदर्शनमा आएको फिल्म‘जुरासिक पार्क’  नीलको करियरकै सबैभन्दा सफल चलचित्र मानिन्छ। यस चलचित्रमा उनले डायनासोर विज्ञ डा. एलन ग्रान्टको भूमिका निभाएका थिए। यही भूमिकालाई उनले जुरासिक पार्क (२००१) र जुरासिक वर्ल्डः डोमिनियनु ९२०२२० मा पनि दोहोर्याएका थिए।

'जुरासिक पार्क' बाहेक नीलले धेरै सफल चलचित्रमा अभिनय गरेका थिए।

तीमध्ये यी हुन् प्रमुख :

द पियानो (१९९३) – ओस्कार विजेता चलचित्र

द हन्ट फर रेड अक्टोबर (१९९०)

डेड काल्म (१९८९)

द ओमेन ३ः द फाइनल कन्फ्लिक्ट (१९८१)

पजेशन (१९८१)

इभेन्ट होराइजन (१९९७)

प्रकाशित: २९ असार २०८३ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App