जिल्ला प्रशासन कार्यालय दैलेखले राति साढे ९ बजेपछि हरितालिका तीजमा मनोरञ्जनात्मक कार्यक्रम नगर्न आग्रह गरेको छ। तीजको नाममा तडकभडक, खर्चिलो र उच्छृङ्खल गतिविधि बढेको भन्दै यस्ता कार्यले सामाजिक सद्भाव र सभ्य संस्कृतिमा असर परेको प्रशासनले जनाएको छ।
प्रशासनले सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ अनुसार धार्मिक र सांस्कृतिक पर्वमा ठगी, महँगी, कृत्रिम अभाव र कालोबजारी नगर्न चेतावनी दिएको छ। साथै, प्रशासनको अनुमतिबिना सार्वजनिक स्थलमा मेला, महोत्सवजस्ता कार्यक्रम गर्न रोक लगाइएको छ।

प्रकाशित: ३१ श्रावण २०८२ ०८:५८ शनिबार





