२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

बलात्कार आरोप लागेका कलाकार बले हाजिरी जमानीमा रिहा

बलात्कार आरोपमा पक्राउ गरेका कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन्। 

चैत २१ गते काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका उनी आज (शुक्रबार) हाजिरी जमानीमा रिहा भएका हुन्। 

अमेरिकामा बस्ने एक युवतीले गत शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २७ चैत्र २०८२ १९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App