१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

आँबुखैरेनी–मुग्लिङ खण्ड सोमबार राति २ घण्टा बन्द हुने

फाइल।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड भोली (सोमबार) राति २ घण्टाका लागि बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै पहिरो नियन्त्रण कार्यका लागि सडक अवरुद्ध हुने जानकारी दिएको हो।

सूचना अनुसार आँबुखैरेनी गाउँपालिका- ४ साँखरस्थित डम्पिङ साइट क्षेत्रमा सोमबार राति १२ बजेदेखि २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।

उक्त स्थानमा पहिरो नियन्त्रण कार्यका लागि ‘सेस्मिक रेसिस्टिभिटी टेस्ट’ अध्ययन गर्नुपर्ने भएकाले सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सिर्जना रेग्मीले जानकारी दिए।

 

 

प्रकाशित: ९ कार्तिक २०८२ १९:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App