काठमाडौंको गोंगबुस्थित एक होटलमा विगत एक वर्षदेखि बस्दै आएका एक युवक मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका-६ घर भएका ३२ वर्षीय सन्तोष गिरी सोमबार आफू बस्दै आएको कोठामा मृत भेटिएका हुन्।
उनी टोखा नगरपालिका-९, गोंगबु मिलनटोलस्थित होटल गाउँलेको कोठा नम्बर १०८ मा मृत फेला परेका हुन्। घटनाबारे जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान सकेर शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
गिरी विगत एक वर्षदेखि सोही होटलमा बस्दै आएको खुल्न आएकोले प्रहरीले सो सम्बन्धमा पनि अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १६ भाद्र २०८२ १८:१५ सोमबार





