२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

दोर्दी खोलाले बगाउँदा लमजुङमा एक युवक बेपत्ता

लमजुङको दोर्दी खोलामा पौडी खेल्ने क्रममा सोमबार दिउँसो एक युवक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय, लमजुङका अनुसार दिउँसो करिब २:०० बजे दोर्दी गाउँपालिका-०३, बौसेस्थित उत्तर देवी कृषि तथा पशु फर्ममा काम गर्ने १९ वर्षीय उत्तर कुमार प्रजा खोलामा डुबेर बेपत्ता भएका हुन्।

चितवनको कालिका नगरपालिका-१० निवासी प्रजा दोर्दी खोलामा पौडी खेल्न गएका थिए। सोही क्रममा खोलाले बगाएर उनी बेपत्ता भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए।

घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको छ। स्थानीय बासिन्दाको सहयोगमा बेपत्ता युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: २ भाद्र २०८२ १७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App