रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
इन्टरनेटको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा आठबिसकोट नगरपालिका-२ निवासी २२ वर्षीय प्रकाश थापाको शुक्रबार दिउँसो मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, सोही नगरपालिकाको वडा नम्बर-३, हरीविसौना भन्ने स्थानमा इन्टरनेटको तार जोड्ने क्रममा थापालाई विद्युतको तारबाट करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २२ कार्तिक २०८२ १८:०८ शनिबार





