१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

लमजुङको सिंचाई नहरमा एक महिला मृत फेला

लमजुङको राईनास नगरपालिकास्थित सिंचाई नहरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मंगलबार बिहान उनको शव पानीमा घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार मृत्यु हुनेमा राईनास–३, टिमुरेकी ४२ वर्षीया सिता नेपाली रहेकी छन्।

प्रहरीका अनुसार राईनास नगरपालिका–६, मेजरगाउँस्थित राईनसटार सिंचाई नहरमा बिहान करिब ८:४० बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सुरुमा पहिचान नखुलेको शवलाई पछि मृतककी छोरी र स्थानीयवासीले सनाखत गरेका हुन्।

घटनास्थलको मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, लमजुङ पठाइएको प्रहरी निरीक्षक साह तेलीले जानकारी दिए। उनले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने र सोहीअनुसार थप अनुसन्धान अगाडि बढाइने बताए।

प्रकाशित: ७ श्रावण २०८२ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App