२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

चुच्चेपाटीमा मोटरसाइकल दुर्घटना, एक महिलाको मृत्यु

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभटेनीस्थित एक मोटरसाइकल दुर्घटना हुँदा एक महिलको मृत्यु भएको छ।

बिहीबार बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी महिलाको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं साँखु बस्ने उदयपुरकी ३५ वर्षीया उषा तामाङको मृत्यु भएको हो।

प्रकाशित: १९ भाद्र २०८२ १९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App