३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन, पार्किङ निःशुल्क सञ्चालनमा ल्याउने विषयमा छलफल

गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज सुन्धारास्थित धरहरा क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। उनीहरूले धरहराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रको समेत स्थलगत निरीक्षण गरेका हुन्।

अनुगमन टोलीमा क्रममा काठमाडौं महानगरपाकिलाकी कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोल, गृहसचिव, सहरी विकास मन्त्रालयका सचिव र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो।

उक्त टोलीद्वारा सुन्धारास्थित धरहराको अन्डरग्राउन्ड पार्किङको संयुक्त अनुगमन निरीक्षण गरी निर्माण भएको पार्किङलाई निःशुल्क रूपमा सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो। काठमाडौंको ट्राफिकलाई सहज बनाउने गरी पार्किङ सौन्दर्य कायम गर्ने विषयमा छलफलमा जोड दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित: ८ फाल्गुन २०८२ २०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App