१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनमा भागेका एक कैदी मृत फेला

गत भदौमा भएको जेन-जी आन्दोलनका क्रममा कारागारबाट भागेका एक कैदी उदयपुरमा मृत अवस्थामा फेला परेका छन्।

त्रियुगा नगरपालिका-८, शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार दिउँसो मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, उनको शव घरबाट करिब सय मिटर टाढा रहेको सिसौको रुखमा फेला परेको थियो।

सुनसरी जिल्ला अदालतको फैसलाअनुसार २० वर्ष कैद सजाय पाएका दनुवार झुम्का कारागारमा सजाय काटिरहेका थिए। उनी जेन-जी आन्दोलनका क्रममा सिर्जना भएको अराजक अवस्थाको फाइदा उठाउँदै अन्य कैदीहरूसँगै फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङका अनुसार, मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको छ।

घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८२ २१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App