१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

घाँस काट्न गएका व्यक्तिको बाघको आक्रमणबाट मृत्यु

फाइल।

बाराको आधाभार जंगलमा घाँस काट्न गएका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ।

जितपुरसिमरा उपमहानगरपालिका–२२ का ५५ वर्षीय कृष्णप्रसाद शर्माको मंगलबार बाघको आक्रमणमा परी ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार शर्मा मंगलबार बिहान आफ्नो स्कुटरमा घाँस काट्नका लागि आधाभार जंगल पसेका थिए। लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो।

खोजी गर्ने क्रममा परिवारले जंगलमा शर्माको स्कुटर र काटेर राखेको घाँस फेला पारे पनि उनलाई फेला पार्न सकेन। त्यसपछि उनीहरूले इलाका प्रहरी कार्यालय, अमलेखगन्जमा खबर गरेका थिए।

घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक जयप्रकाश शाहको नेतृत्वमा खटिएको प्रहरी टोलीले जंगलमा खोजतलास गर्दा शर्माको चप्पल र रगतका टाटा भेट्टाएको थियो।

बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार, सडकबाट करिब दुई-तीन सय मिटर भित्र झाडीमा शर्माको टाउकोविहीन शव घोप्टो परेको अवस्थामा फेला परेको थियो।

परिवारका सदस्यले कपडा र शरीरको बनावटका आधारमा शव कृष्णप्रसाद शर्माकै भएको पहिचान गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ११ भाद्र २०८२ २१:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App