१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भिरबाट लडेर दुईजनाको मृत्यु

कालिकोटमा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ। जिल्लाका दुई छुट्टाछुटै ठाउँमा भिरबाट लडेर दुई जना पुरुषको मृत्यु भएको हो।

तिलागुफा नगरपालिका –७ छाप्रेमा अन्दाजी वर्ष ४८ का अजिपाल भण्डाराको भिरबाट लडेर मृत्यु भएको जनाईएको छ। तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्रवहादुर शाहीले घटना लगतै भण्डाराको उद्धारका लागि गाडी पठाएपनि बिच बाटोमा ल्याउदै गर्दा मृत्यु भएको सुनाए। 

वडा कार्यालयको अलि उतातिर निकै भिर छ। त्यो भिरमा सचेतपुर्ण यात्रा नगरे यस्तो दुखद घटना हुने गरेको उपप्रमुख शाहीले बताए।

यस्तै शान्नीत्रिवेणी गाउँपालिकामा पनि भिरबाटै लडेर एक जना पुरुषको मृत्यु भएको छ। वडा नं १ मौराकोट लुसा भन्ने ठाउँमा अन्दाजी वर्ष २५ का भिम तिरुवाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी प्रहरी निरिक्षक शुभराज बमले घटनाको पुष्टी गरेका छन्।

यसरी कालिकोटका भिरपाखामा बर्षेनी कोही घाँस काट्न जाँदा महिलाले ज्यान गुमाउँछन् भने कोही यात्रा गर्दा र कोहीले मदिरा सेवनका कारण भिरमा उछिट्टीएर ज्यान गुमाउने गरेका छन्।

प्रकाशित: २९ कार्तिक २०७९ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App