८ वैशाख २०८१ शनिबार
समाज

'डुबानको समस्या सामाधान गर्नु अनि भोट दिन्छौ'

भारतले निर्माण गरेको बझाहा बाध। तस्बिर : किरणमान बज्राचार्य/नागरिक।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरु मतदाता आकर्षित बनाउन अनेक आश्वासन र प्रतिबद्धता दिँदै आएका छन्। 

चुनाव नजिकिए सँगै देशैभर चुनावी माहाेल तात्दै गएको छ। तर कपिलवस्तुको मायादेवी गाँउपालिका ४ पिपराको तुल्सीडिहवा गाँउमा भने चुनावको कुनै रौनक देखिँदैन। बर्षो देखि भारतको एक पक्षीयरुपमा बनाएको बझाहा बाधका कारण डुबानको समस्या झैल्दै आएका यस गाउको १२ परिवारलाई त्यही समस्याको पिरलो छ। तुल्सीडिहवाका जयबुद्ध यादवले हरेक पटक उम्मेदवारहरु डुबानको समस्या समाधान गर्छाै भन्दै भाेट माग्न आउने बताए। तर जिते पछि मुख समेत देखाउन नआउने गरेको उनले गुनासो गरे।

‘बझाहा बाधले गाउ टापु झै बनेको छ, बाध बने देखि कसैले पनि राम्ररी खेती गर्न पाएका छैनन् ’ उनले निराश हुदै भने ‘ यो समस्या नेता प्रशासन देखि सबैलाई भन्याै तर समस्याकाे स्थायी समाधान भएको छैन’। एक दर्जन बढी परिवार रहेको गाँउमा सबै यादव जातिका छन्। २ सय जति जनसंख्या रहेको गाँउमा डुबान मात्र होईन बाटोघाटोका पनि उत्तिकै समस्या रहेको छ। 

सात बिघा पक्की खेत रहेको आफनो खेतमा बाध कै कारण अहिले सम्म राम्ररी खेती समेत गर्न नपाएको उनले गुनासो गरे। ‘ यस पटक चुनवामा उम्मेदवारहरु विभिन्न नारा सहीत डुबानको स्थायी समाधान गछौं भनी भोट माग्न आउने गरेका छन् तर कसैप्रति पनि बिश्वास छैन ’ उनले भने। साही गाँउका जगदीश यादवले गाँउमा रहेका १२ परिवारका ७० बिघा बढी डुबानमा पर्ने गरेको बताए।

‘बर्षायाममा भारतपक्षदले बाधको फाटक बन्द गर्छ, हिउँदमा खोल्ने गर्छ, जसले गर्दा धान र गुह खेती गर्न समस्या पर्दै आएको छ’ उनले भने। ‘ डुबानको समस्या छदै छ, तर गाँउको विकासमा समेत कुनै नेताको नजर परेको छैन ‘ उनले दुःखी हुँदै भने ‘ डुबानले हामी सबैलाई डुबाएको छ, जीवनयापनमा समेत समस्या आएको छ’। बझाहा सहित भारतले एक पक्षीयरुपमा बनाएको ४ वटा बाधले एक हजार हेक्टर बढी नेपाली भु–भाग डुबानमा पर्ने गरेको छ। तर यो समस्या समाधानकालागि अहिले सम्म कसैले स्थायी समाधान नगरेको सीमाक्षेत्रका मतदातहरुक गुनासो गर्छन्।

बझाहा, महलीसागर, सिसवा र मझौलीमा बाधका कारण दक्षिणी भेटका खेत डुबानमा पर्ने गरेको हो। कृषि कार्यालय अनुसार चार बाधका कारण तत्कालीन ५ गाविसका १५ गाँउमा डुबानको समस्या आउने गर्छ।  डुबानकै कारण २०–२५ बर्ष यता कृषकले राम्ररी खेतीपाती स्याह्नै पाएका छैनन् फाटक खोल्नका लागि आफुहरुले गेट खोल्ने जाने कर्मचारीलाई रकम र अन्नपात दिनु पर्ने बाध्यता रहेको पुजारी यादवले सुनाए। बलुहबाका कृषक राजकिशोर पाण्डेयलले सिमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गर्दा क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुब्ने गरेको बताए। 

करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ। तालमा २८ बटा फलामका ढोका राखेर बाध बनाईएको छ। बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाध बनाएको छ। धेरै पानी जम्मा गर्न तालको बाध बर्षेनी अग्लो बनाउदै आएका भारतीय अधिकारीले यस बर्ष धेरै अग्लो बनाएकाले डुबान क्षेत्र बढेको उनीहरुले बताएका छन्। सीमा क्षेत्रको बजहा तालले बर्षेनी नेपाली कृषकलाई पीडा दिँदै अएकाले यसको दिर्घकालिन समाधान खोज्नु पर्ने कृषकहरुको माग छ। 

बाध पिडितहरुले बर्षा र गर्मी तालमा कति पानी राख्ने भनेर प्राविधिकसंग सल्लाह गरी स्थानिय प्रशासनलाई दिनु पर्ने उनीहरुको भननाई छ। पिडितहरूको मागलाई संबोधन गरी स्थानिय प्रशासनले भारतीय समकक्षीसंग कुरा राखेर मौषम अनुसारको समस्या समाधान गर्नु पर्ने कृषकहरु बताउछन्। ती बाधकाको ढोका भारतले आफूखुसी खोल्ने र बन्द गर्ने भएकाले भारतीय पक्षले निकै लाभ लिए पनि नेपाली कृषकहरुले भने निकै क्षति ब्योहोनू परेको छ।

‘पानी धेरै भयो भने बाधको ढोका बन्द गर्छन्, कम भयो भयो सिंचाई सुविधाका लागि बाध खोल्छन् ’ पिपराका कृषक जगदीश सिंह यादव दुखी हुदै भने‘ तर यस्को समाधानका लागि कसैले चासो लिदैनन्।’ उता स्थानीय प्रशासनले दुुई देशको अधिकारी बिच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट सो बाधहरुले पार्न समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन।

गठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेकपा माओबादीका सचिव चक्रपाणी खनाल बलदेवले बझहा, महली सागर, सिसवा र मझौली बाधका कारण हुने डुबानले नेपाली कृषकहरु समस्यामा पर्ने गरेको बताए। उनले आफुले यसको स्थायी समाधानकालागि ठोस पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे।

प्रकाशित: २१ कार्तिक २०७९ १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App