७ वैशाख २०८१ शुक्रबार
समाज

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, तीनजना घाइते

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. २ सानोठिमी हलेसीमार्ट नजिक भित्री सडक खण्डमा बिहीबार दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ।  

बागमती प्रदेश २६८७ नं. को स्कुटी र बागमती प्रदेश–०२–०३७ प १८५२ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार धादिङ गजुरी गाँउपलिका वडा नं. ७ घर भई हाल काठमाडाैँ नयाँ बजार बस्ने बर्ष १७ की आयुषा सुवेदीको मृत्यु भएको हो।  उनको भक्तपुरकै नेपाल कोरिया मैत्री अस्पतालमा उपचारको क्रममा साँंझ मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो।  

घटनामा अन्य तीनजना घाइते भएको जनाइएको छ।  स्कुटी चालक भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. २ मगरगाँउ बस्ने वर्ष ३५ की पुष्पा थापा मगर घाइते भएकी हुन्।  हाल उनको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ।  त्यस्तै  स्कुटीको पछाडि सवार चालकको छोरा वर्ष ७ को समर्जन थापामगरको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ।  मोटरसाइकल चालक झापा कमल गाँउपलिका घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बस्ने बर्ष १८ को करण दाहाल भने नेपाल कोरिया मैत्री अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भई वृत ठिमीमा ल्याई राखिएको प्रहरीले जनाएको छ।  दुर्घटनापछि सुरुमा उनीहरु चारैजनाई उपचारका लागि नजिकैको नेपाल कोरिया मैत्री अस्पताल भक्तपुर लगिएको थियो।  त्यहाँंबाट थप उपचारका लागि बि.एण्ड बि. अस्पताल ललितपुर लगिएको थियो।  

दुर्घटनामा संलग्न दुवै सवारी साधन  प्रहरी प्रभाग सानोठिमी भक्तपुरको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।   घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको टोली खटिई गई अनुसन्धान कार्य भईरहेको जनाइएको छ।

प्रकाशित: १८ कार्तिक २०७९ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App