२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा तीन जना बेपत्ता

वन भोज खान गएका तीन जना नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका छन्। सुर्खेतमा दुई र जाजरकोटमा एक जना बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

पौडी खेल्ने क्रममा सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरीस्थित भेरी नदीमा शनिबार दुई जना बेपत्ता भएका हुन्। प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ तातापानीका १८ वर्षीय दीपक थापा र चन्द्र विसी भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।

सशस्त्र प्रहरीको गोताखोरसहितको विपद् उद्दार टोली घटनास्थलमा पुगेर खोजीकार्य थालेपनि फेला पर्न नसकेको सशस्त्र प्रहरी वल रक्तकाली गणका गणपति विमल डाँगीले बताए। ‘वनभोज खान भेरी पुगेकाहरु पौडी खेल्ने क्रममा बेपत्ता भएको सुचना आए लगत्तै खोजतलासका लागि टोली खटाएका थियौं,’ उनले भने, ‘साँझसम्म खोजतलास गर्दा पनि फेला पार्न सकेनौं।’

यस्तै जाजरकोटको भेरी नगरपालिका –११ तमितरास्थित भेरी नदीमा बन भोज  खान गएका भेरी नगरपालिका–४ का २४ वर्षका रोशन खड्का पनि बेपत्ता छन्। नुहाउने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। उनीसँगै नुहाउँदा भेरीमा बगेका २३ वर्षीय विक्रान्त केसीको उद्दार गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०७९ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App