हङकङविरुद्धको तीन खेलको पुरुष यू- १९ शृंखला नेपालले एक खेल अगावै जितेको छ ।
शृंखलाको दोस्रो खेलमा बुधबार हङकङलाई २२६ रनको भारी अन्तरमा पराजित गर्दै नेपालले एक खेल अगावै शृंखलामाथि कब्जा गरेको हो । शृंखलाको पहिलो खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो ।
मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको उच्च लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा ७१ रनमा अलआउट भयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९७ रनको योगफल तयार पारेको थियो ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
प्रकाशित: ३ पुस २०८१ १५:१२ बुधबार