३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

न्याय परिषद्का सदस्य भण्डारीले पोखे बारप्रति असन्तुष्टि

न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारीले नेपाल बारले  परिदलाई असहयोग गरेको भन्दै दुखेसो पोखेका छन्। न्याय परिषद् दिवसका अवसरमा बुधबार बोल्दै नेपाल बारले राखेको प्रस्ताव न्याय परिषद्ले पूरा गर्न नसकेपछि बारले परिषदमै जिन्दाबाद र मुर्दावादको नारा लगाएकोमा असन्तुष्टि पोखे। ३३ वर्षे इतिहासमा यो नराम्रो भएको बताए। उनले न्याय परिषद्को नियमावली संशोधनमा नेपाल बारले गरेको विरोधलाई इङ्गित गर्दै असन्तुष्टि पोखेका हुन्।

३६ सालदेखि कानुन व्यवसायी रहेको भन्दै उनले परिषदमा मीठो अनुभव नभएको बताए। 'बारलाई हामीलाई देखेपछि कन्सिरीका रौं तात्छन् हामीले के गर्यौं ?' उनले भने। कानुन व्यवसायीले परिषद्लाई असहयोग गरेको भन्दै असन्तुष्टि पोखे। छलफल गरी मिलेर अगाडि बढ्न उनले नेपाल बारलाई आग्रह गरे।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद् क्रस रोडमा भएको बताएका छन्। बारले भर्खरै सकेको  कार्यकारिणी परिषदबाट धारणा सार्वजनिक गरेको बताए। न्यायाधीश नियुक्ति, कारबाहीको भूमिकालाई अरू बढाएर लैजानुपर्ने  बताए। न्यायिक क्षेत्र अघि बढ्दा बार र बेन्च एउटै सिक्काको दुई पाटो भएकाले सँगसँगै अघि बढ्ने बताए। बारको तर्फबाट बेन्चलाई निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाउँदै बेन्चले पनि सहजतापूर्वक लिन आग्रह गरे ।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले न्याय परिषद्को काम ऐनले तोके अनुसार पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताए। न्याय प्रशासन ऐनमा भएका केही शब्द संशोधनको सुझाव पनि दिए।

प्रकाशित: ३ पुस २०८१ १५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App