coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रहरीको जिम्मेवारीलाई त्रुटीरहीत बनाउन महानिरीक्षक सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।  

आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभुत तालिम १–१८१ औँ समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन्।  

उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए। प्रहरीलाई कानूनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन उनले दिए। 

प्रकाशित: ६ कार्तिक २०७९ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App