२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१९ जुवाडे पक्राउ

चितवन र बाँकेमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। 

चितवनको खैरहनी नगरपालिका–३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनी लगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र  एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो।  

बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ  र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित: २७ आश्विन २०७९ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App