१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अलपत्र पर्यटकको तत्काल उद्धार गर्न पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्।  

पर्यटन विभाग सहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्‌मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका  हुन्। निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरु बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए।  

अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनिहरुलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पा लगायत हिमाली क्षेत्रमा पर्यटकहरु पुगेका छन्। निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण उनीहरु बीचबाटोमै अलपत्र परेका छन्।

प्रकाशित: २६ आश्विन २०७९ ०५:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App