७ वैशाख २०८१ शुक्रबार
समाज

नेपाल टेलिकमको चरम लापरबाही: रोल्पामा फोन र इन्टरनेट ५ दिनदेखि अवरुद्ध

नेपाल टेलिकम रोल्पा।

नेपाल टेलिकम रोल्पाको चरम लापरबाहीका कारण ५ दिन यता यहाँको फोन र ईन्टरनेट सेवा अवरुद्ध भएकोछ। कार्यालय प्रमुख बृषध्वज उपाध्याय दशैं मनाउन गएका मंगलबार सम्म रोल्पा आएका छैनन्। बिदाको औपचारिकता समेत पूरा नगरेर घर बसेका कार्यालय प्रमुखले गैरजिम्मेवारपन देखाएपछि जिल्ला प्रसाशन कार्यालय रोल्पाले छड्के समेत गरेको छ।

निर्वाचनको मनोनयनका दिन इन्टरनेट नचल्दा मुख्य निर्वाचन अधिकृत, पत्रकार र सुरक्षाका निकायलाई रिपोटिङ्गका लागि सकस समेत भएको थियो। कार्यालयमा रहेका एक मात्र प्रसाशन सहायक राम भरोस यादवले फाईबर बनाउने टोली आउँदै गरेको बताए। ‘बनाउने मान्छे आउनु भएको छ। सामाग्री पनि बुटवलबाट आउँदै छ।’ उनले कार्यालयको अन्य जानकारी आफूले दिन नसक्ने बताए।  

प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक सेवा मानिएको संचार बिग्रिँदा सम्म चासो नदिने नेपाल टेलिकम रोल्पाको छड्के निरिक्षण गरेको बताउँदै आफूले टेलिकमको माथिल्लो निकाय दाङ तुलसिपुरमा सेवा अवरुद्ध भएको बारे जानकारी मागेको समेत बताए। उनले भने, ‘टेलिकम रोल्पाका कार्यालय प्रमुख सम्पर्कविहिन हुनुहुन्छ। मैले उहाँको माथिल्लो निकायलाई फोन र ईन्टरनेट छिटो भन्दा छिटो सुचारु गर्न भनेको छु।’

प्रकाशित: २५ आश्विन २०७९ ०९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App