१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

हुम्लामा पहिरोमा परेर चारको मृत्यु, पाँच घाइते

हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परेका पाँच जनाको जिवित्तै उद्दार गरिएको छ। चंखेली गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीका अनुसार पहिरोमा अविरल वर्षाका कारण पहिरोले भर पुरिँदा चार जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएका पाँच जनाको जिवित्तै उद्दार गरिएको छ।

उपाध्यक्ष शाहीका अनुसार पहिरोमा परेर ५७ वर्षीया तुलसा कामी, उनकी ९ वर्षकी नातिनी सुस्मिता कामी, सात वर्षकी नातिनी होइजाली कामी र पाँच वर्षको नाति वशन्त कामीको मृत्यु भएको हो।

उद्दार गरिएकाहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेको उद्दारका लागि सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा रहेपनि मौसम खरावीका कारण उद्दार गर्नका लागि हेलिकोप्टर उड्न सकेको छैन।

प्रकाशित: २४ आश्विन २०७९ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App