११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको धनगढी उप महानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका २२ वर्षीय विशाल राना छन्।

दुर्घटनामा परी घाइते भएका दुवैजनालाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित: २० आश्विन २०७९ ०८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App