१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

अपांग युवती बलात्कृत

१९ वर्षीय एक अपांग युवती मोरङको लेटाङमा बलात्कृत भएकी छन्।  

लेटाङ घर भएकी युवतीलाई  बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। पक्राउ परेका राईले गत शनिबार राति आफ्नो खेतमा रहेको टहरोमा लगेर निज युवतीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पीडित युवती राम्रोसँग बोल्न र हिँड्न सक्दिनन्। प्रहरीका अनुसार राईले युवतीलाई बोकेर टहरोमा लगेर बलात्कार गरेको हो। शनिबार राति भएको घटनाका बारेमा सोमबार मात्रै प्रहरीले जानकारी पाएको हो।

घटना भएको दुई दिनपछि राईकाविरुद्ध परिवारका सदस्यले किटानी जाहेरी दिएपछि पक्राउ परेका हुन्। राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७९ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App