१६ चैत्र २०८० शुक्रबार
समाज

टावरमा रहेको अरिँगाल पोल्न मान्छे खोज्दै प्राधिकरण

टावरमा अरिँगालले गोलो लगाएका कारण काठमाडौँको मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको छ।

ग्रिडका प्रमुख विनोद लोहनीका अनुसार मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिँगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न समस्या भएको हो।

उनले समस्या समाधानकाे लागि 'अरिँगाल पाेल्न मान्छे चाहियाे' भन्दै  सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन्। उनले अरिँगाल पोल्नको लागि केही मानिसलाई देखाएको र टावर अग्लो भएकाले मानिसहरुले पोल्न नसकिने प्रतिक्रिया दिएको नागिरकन्युजलाई बताए। 

प्रकाशित: ८ आश्विन २०७९ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App