५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दिउँसो करिब साढे ३ बजेको समयमा बा ३ ख ७८५८ नम्बरको बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो। 

६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले जानकारी दिए। उनीसहितको प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरी टोलीले घाइतेको उद्दार गरी उपचारको लागि पठाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको गौतमले बताए।  

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा।३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्ती ओरालोमा दुर्घटना भएको हो। '६ जनाको घटनास्थलमै मृत्यु भएको छ।  घाइते करिब १८/२० जना नै छन्। उनीहरुलाई २र३ वटा गाडीमा हालेर उपचारका लागि पठाएका छौं', गौतमले भने, 'अरु विवरण आउन बाँकी छ। हामी उद्दारमै छौं।' यस सडक खण्डमा अत्याधिक दुर्घटना हुने गरेको छ।

प्रकाशित: ६ आश्विन २०७९ १०:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App