१६ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

मिथिलामा जुडशितलको रौनक

लहान–मिथिलामा हरेक पर्वहरुको आ–आफ्नै महत्व छ। यही महत्वपूर्ण पर्व मध्येको एक हो जुडशितल । नयाँ वर्षको दोस्रो दिन अर्थात् बिहीबार मिथिलामा यो पर्व महत्वका साथ मनाइँदै छ।परापूर्वकालदेखि नै मनाइँदै आएको यो पर्व मिथिलाञ्चलको मौलिक र पुरानो पर्व मानिन्छ । परापूर्वकालदेखि मनाइँदै आएको जुडशितललाई शितल जलले जुडाउन गरिन्छ । मिथिलाञ्चलमा नववर्षको आरम्भसँगै मिठो—मिठो खानेकुरा खाने, खुवाउने, राम्रो लुगा लगाउने अनि खराब बानी सुधार्ने प्रतिबद्धताको रुपमा यो पर्व मनाइने गरिन्छ।

जुडशितल पर्वका दिन सूर्योदय भन्दा अगाडि घरका मान्यजनले आँफू अन्य सदस्य र आँफूभन्दा कान्छोलार्ई टाउकोमा पानी हाली जुडाउने अर्थात् दीर्घायु एवं स्वस्थ्य रहने आर्शीवाद दिने गर्छन् । सूर्यको तापबाट बयाकुल मानवलाई शीतलता प्रदान गर्नु यस पर्वको उद्देश्य रहेको मैथिली सँस्कृतिका जानकार श्यामसुन्दर यादवले बताए।

यो पर्वले भातृत्वको भावना तथा एकआपसमा प्रेम र सदभावको सन्देश दिन्छ । जुडशीतलको 'जुड' भन्नाले जुडाउनु अर्थात मान्यजनबाट आर्शीवाद लिनु हो र शीतलले शीतलताको बोध गराउँछ । यो प्रकृतिसँग जोडिएको लोकपर्व हो । यसमा प्रकृति मैत्री सुन्दरतम सन्देश अन्तरनिहीत छन्। यस अवसरमा घरका ज्येष्ठ सदस्यले सबैलाई चिसो पानी टाउकोमा छप्छपाएर आशिष दिन्छन ।

जुडशितलमा रुखका जराहरुमा पानी हालिन्छ, सडकमा पानी छर्किन्छ कुवा र पोखरीको सरसफाइ गरिन्छ । हिलोले एकअर्कालाई छ्यापेर रमाइलो गरिन्छ । पानी र गाग्रो दान गरिन्छ, सातु बदामको पिठो खाइन्छ । जुडशीतल पर्व पानी मुहान सरसफाइसँग जोडिएको मौलिक परम्परा हो ।

यस पर्वलाई सतुआइन तथा बैशाखी पनि भन्ने गरिन्छ । यसमा पूर्खाका लागि भनेर नलले भरेको घैटो, सतुवा, जौ, अँपको टिकुला तथा पंखा ब्राम्हणहरुलाई दान गर्ने परम्परा रहेको छ । साथै गृहिणीहरुले इष्टदेवलाई पुरैनिको पातमा सतुवा, सक्कर तथा आपको टिकुलाबाट बनाइएको चटनी (आचार) पनि चढाउने गर्छन । यो पर्वमा इष्टदेवतालाई बासी, बडी, भात, पुरी र तरुवा, तरकारीजस्ता परिकार पनि चढाइने परम्परा रहेको छ ।

यस दिन मिथिलाबासीले दाल, भात, तरुवा, वरी, कढी, आँपको चटनी जस्ता परिकार ईष्टमित्रलाई खुवाई खाई रमाईलो गर्ने चलन छ ।

प्रकाशित: १ वैशाख २०७३ २३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App