१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

मौसम खराब भएपछि आकाशमै होल्ड भए विमान

मौसम खराब भएपछि बुधबार दिउँसोदेखि हवाई उडान प्रभावित बनेको छ ।

काठमाडौंसहित देशका विभिन्न ठाउँमा भएको प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलको आन्तरिकतर्फको उडान प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार अहिले सिमरा, पोखरा, विराटनगर र भैरहवाको उडानमा ढिलाइ भइरहेको छ ।  

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण अन्तरराष्ट्रिय क्षेत्रबाट आएका केही जहाज पनि अहिले आकाशमा होल्डमा छन् । मौसममा सुधार आएसँगै आन्तरिकतर्फका सबै उडान पुनः सुरु हुने कार्यालयले जनाएको छ ।

प्रकाशित: १६ वैशाख २०८३ १७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App