१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

एआई दुरुपयोगबारे प्रहरीको चेतावनी, भ्रामक सामग्री नबनाउन आग्रह

सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग बढ्दै गएकोमा ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ। पछिल्लो समय एआई प्रयोग गरी नेपाल प्रहरीको लोगो, भेषभूषा तथा दर्ज्यानी चिन्हहरू तोडमोड गरी भ्रामक सामग्री तयार पार्ने र प्रसारण गर्ने क्रम बढेको भन्दै यसमा ध्यानाकर्षण भएको प्रहरीले जनाएको हो।

यस्ता सामग्रीले समाजमा भ्रम र अफवाह फैलाउने सम्भावना रहने भएकाले यसप्रति सजग रहन प्रहरीले सबैलाई अनुरोध गरेको छ। सुरक्षा जस्तो संवेदनशील विषयमा आम नागरिकलाई सूचित गराउनु साझा जिम्मेवारी भए पनि एआईको दुरुपयोग गरेर संस्थाका प्रतीक चिन्ह तथा पोशाकसम्बन्धी सामग्री तोडमोड गरी प्रस्तुत गर्नु गम्भीर विषय भएको प्रहरीले उल्लेख गरेको छ।

प्रहरीले यस्ता सामग्री तयार गर्ने ‘कन्टेन्ट क्रिएटर’हरूलाई वास्तविकता र विश्वसनीयतामा विशेष ध्यान दिन आग्रह गरेको छ। सुरक्षा निकायका लोगो, पोशाक तथा अन्य चिन्हहरूको प्रयोग गर्दा आधिकारिक मापदण्डअनुसार मात्र प्रयोग गर्नुपर्ने जनाएको छ।

यस्ता भ्रामक सामग्री उत्पादन र प्रसारण गरिए प्रचलित कानुनअनुसार कारबाही हुनेसमेत प्रहरीले चेतावनी दिएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App