२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

अब टेकुमा फोहोर थुप्रिदैँन

चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेशनको फोहोर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पर्‍याइने भएको छ।  

विगत चार महिनादेखि अल्पकालीन व्यवस्थापनको लागि टेकुमा थुपारिएको फोहोर बिहीबारबाट सकिएको छ। यसअघि थुपारीएको फोहोर सकिएकाले आगामी दिनमा नागरिककको घरबाट निस्किएको सबै फोहोर सोही दिन बञ्चरेडाँडामा लगिने छ। अब यसअघि झै टेकुमा फोहर थुपारेर नराखिने बताइएको छ।

लामो समयदेखिको फोहोर व्यवस्थापनको काम सकिएकाले यस अघि झै फोहोरको कारण काठमाडौँ उपत्यका अस्तव्यस्त नहुने कामनपाको वातावरण विभाग प्रमुख सरिता राईले बताइन्। सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र कुहीने फोहोर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै  व्यवस्थापन गर्ने गरी वैकल्पिक स्थान पहिचान गर्न सक्रिय रहेको पनि प्रमुख राईले जानकारी दिइन्।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौँ उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिँदै आएको थियो।

उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहोर व्यवस्थापन कार्य सुरु भएको थियो।

गत फागुनदेखि कहिले सडकको कारण त कहीले स्थानीयको अवरोधका कारण नियमितरुपमा उपत्यकाको फोहोर व्यवस्थापनको काम हुन सकेको थिएन। लामो सयम नियमित फोहोर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेशनमा फोहरको डंगुर थुप्रिएको थियो। हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। 

प्रकाशित: २४ भाद्र २०७९ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App