४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

शिक्षकको कुटाइबाट विद्यार्थी अस्पताल भर्ना

महोत्तरीको एक विद्यालयमा अध्यनरत छात्रा शिक्षकको कुटाइबाट घाइते भएकी छिन्। औरही नगरपालिकास्थित प्रसाद माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत ९ वर्षीय आरतीकुमारी महरा शिक्षकको कुटाइबाट घाइते भएकी हुन्।

महरालाई गृहकार्य नगरेको भन्दै बिहीबार विज्ञान विषयका शिक्षक दिपेश यादवले बाँसको लठ्ठीले हानेर घाइते बनाएपछि उपचारको लागि अस्पताल पुर्‍याइएको थियो। गृहकार्य नगरेको भन्दै शिक्षक यादवले छात्रामाथि निर्घात कुटेको गरेको छात्राको परिवारले आरोप लगाएका छन्।

छात्राको शरीरभरी लठ्ठीले हानेको नीलडाम समेत परेको छ। कुटाइको कारण छात्रालाई ज्वरो आएको उपचारमा संग्लन स्वास्थ्यकर्मीले जानकारी दिए। छात्रालाई शिक्षक यादवले कुटेको विद्यालयका प्रधानाध्यापक शिवशरण यादवले स्विकार गरेको छ। कुटपिटको घटना बाहिरिएपछि अभिभावकहरुलाई विद्यालयमा बोलाएर घटाउन मिलाउन खोजेको अभिभावकहरूको गुनासो छ।

'विद्यालयका प्रधानाध्यापक यादवले हामीलाई बोलाएर छात्राको उपचारमा लाग्ने खर्च विद्यालयले दिन्छ, तर हामीले मानेनौँ।' छात्राको बुवा साजेन्द्र महराले भने, 'बालबालिकालाई गृहकार्य बहानामा निर्घात कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही होस् भन्ने चाहान्छौँ।'

'शिक्षक यादवले दिएको यातनाको कारण छात्रा डराएको छ। अबदेखि त्यो विद्यालयमा पढ्न नजाने भनेर छोरी चिच्याउँछिन् उनकी आमा सुन्दरकलाले भनिन्।' यता प्रधानाध्यापक शिवशरण यादवले घटनामाथि छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउने पीडित पक्षलाई आश्वासन दिएका छन्।

प्रकाशित: ११ भाद्र २०७९ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App