२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णाली करिडोरमा चर्को भाडा असुली

कर्णाली करिडोरमा यातायात समितिले चर्को भाडा असुल्ने गरेका छन्। मान्मदेखि सेराचौर जानका लागि ४७ किलोमिटर सडकको दूरी  पार गर्नु पर्छ। ४७ किलोमिटरको भाडा एक हजार छ।  

मान्मबाट रास्कोट सेराचौरसम्म जान ४७ किलोमिटरको सडक यात्रा गर्दा एक जनाले एक हजार रुपियाँ तिर्नु पर्छ भने झोला बाहेकको केही सानो पोका समान थप भएमा त्यसको छुट्टै भाडा तिर्नु पर्छ।  

सुरुमा (रोड प्रमिड) यात्रायात सञ्चालनको अनुमति दिँदा तीन सय ५० रुपियाँ भाडा कायम गरिएको थियो। त्यसपछि लगातार भाडा वृद्धी गरेर अहिले एक हजार रुपियाँ पुर्‍याइएको छ।  

कालिकोटको लालीघाट बजारदेखि पलाँताको घाटाचौर र रास्कोटको सेराचौरसम्म विभिन्न यातायात समितिले सेवा दिईरहेका छन। लालीघाटवाट सेराचौरसम्मको भाडा सुरुको तीन सय हो।

अहिले सात सय तिर्नु परेको छ। रास्कोट २ का कुलप्रसाद सिम्खडाले सात सय तिरेर पनि समयमा यात्रा गर्न नपाउदा थप सास्ती खोप्नु परेको सुनाए। सात सय तिरेर समयमै यात्रा गराउने भए त केही  लाग्ने थिएन। गाडीका सिट भन्दा दोब्बर यात्रु पुग्नु पर्छ नत्र एक दिन भरी बस्नु पर्छ सिम्खडाले गुनासो गरे।  

गाडीमा दश जना चढ्न मिल्ने सिटको अनुमति भएपनि १५ जना अनिवार्य राख्ने गरेका छन। पलाँता ९ का नन्दसिहं बमले ३२ किलोमिटरको भाडा सात सय तिर्नु परेको सुनाए। उनले सुरुमा २५० रुपियाँ थियो, कोरोना पछि एकाएक सात सय पुर्‍याए। कसैले भाडाका बारेमा बोल्दैन। किन यती भाडा भनेपछि समितिका मान्छेले गाडी छैन भन्छन, त्यसैले पनि चुप लागेर तिर्नु पर्ने बाध्यता छ बमले भने।

सेराचौर काउन्टर इन्चार्ज देवनाथ योगीले सडकका कारणले भाडा वृद्धी गर्नु परेको छ। पाँच पटकसम्म गाडी चलाएमा एक लाख बराबरको खर्च आउने भएकाले भाडा वृद्धी गर्नु परेको उनले बताए।  

जिल्ला भाडादर निधारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले भाडा चर्को लिएको गुनासो निकै आउने गरेको तर कर्णाली राजमार्र्गको भाडा कायम गरेको लिस्ट नआएकाले करिडोर र त्यहाँवाट विभिन्न स्थानीय तहमा चल्ने यातायातको भाडा कायम गराउन नसकिएको बताए। उनले नयाँ भाडा राजमार्गहरुको आउने बितिकै आफू र प्रहरी प्रमुख खटिएर भाडा निधारण गर्ने र त्यही अनुसार कार्यन्वय गराउने बताए। 

प्रकाशित: ९ भाद्र २०७९ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App