८ वैशाख २०८१ शनिबार
समाज

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

जुम्लामा भालुले आक्रमण गर्दा एक जना महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा जुम्ला चन्दननाथ नगरपालिका-८ जाते भिर बस्ने ४० बर्षका मैया बुढा रहेकी छन्।

उनी सोमबार दिउँसो १ बजे खतवाला लेकमा दाउरा लिन गएको अवस्थामा जंगली भालुले आक्रमण गरी टाउको र घाँटिमा चिथोरेर घाइते बनाएको थियो।  

घाइते बुढाको हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको छ।

उनको अवस्था बोल्ने सक्ने रहेको डाक्टर मंगल रावतले जनकारी दिए।

प्रकाशित: ६ भाद्र २०७९ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App